नाम मिल्दा निर्दोष जेल ! - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

नाम मिल्दा निर्दोष जेल !



कान्तिपुर : झापा । अभियुक्तसँग नाम मिल्दा एक जना निर्दाेष व्यक्ति जेल परेका छन्।

झापा मेचीनगर ६ का ३५ वर्षीय श्याम थापालाई जिल्ला अदालत झापाले सोमबार जेल सजाय फैसला गरेको छ।

अदालतले उनलाई ६ महिना कैदसहित २६ लाख ९९ हजार रुपैयाँ जरिवाना समेत तोकेको छ। परिवारले उनी निर्दोष रहेको दाबी गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै श्यामका दाजु केदारले घटनाबारे जानकारी नै नभएको व्यक्तिलाई हचुवाका भरमा पक्राउ गरी जेल पठाइएको भन्दै आपत्ती जनाए।

२०६४ जेठ २२ गते तत्कालिन टाघनडुब्वा २ स्थित गुलाम रसुल मियाँको घरबारी परिसरबाट प्रहरीले १ हजार ६ सय ८७ किलो रक्त चन्दन बरामद गरेको थियो। उक्त घटनामा तत्कालिन मेचीनगर १० निवासी श्याम थापालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरिएको थियो। अदालतले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो।

घटना हुँदा भाई वैदेशिक रोजगारीमा कतार रहेको दाजु केदारले बताए। विदेशबाट आएर ट्याम्पो चलाएर जीविका चलाउदै आएका उनलाई चैत ३० गते काँकडभिट्टा बजार क्षेत्रबाट पक्राउ गरिएको थियो।

झापाका एसपी विष्णु केसीले अदालतको आदेशमा थापालाई पक्राउ गरिएको र अदालतले जेल चलान गरेको बताए। उनले भने,‘यदि व्यक्ति निर्दोष हो भने कानुनी उपचार खोज्नु प¥यो।’