ओली सरकारले कालापानी र लिपुलेक भारतलाई सुम्पिन्छ : गजुरेल - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

ओली सरकारले कालापानी र लिपुलेक भारतलाई सुम्पिन्छ : गजुरेल

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले अझै चार वर्षसम्म ओली सरकार रहे देश विकराल स्थितिमा पुग्ने बताएका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको पहिलो राष्ट्रिय सम्मेलनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा देजमोका अध्यक्षसमेत रहेका नेता गजुरेलले यस्तो बताएका हुन् ।

‘वर्तमान सरकारले आफूलाई कम्युनिस्ट सरकार भन्छ तर कम्युनिस्टले गर्ने सामान्य काम पनि गर्न सकेको छैन,’ उनले भने, ‘संघीय गणतन्त्र आए पछि बनेको सरकारले यस्तो विकराल स्थित पैदा गर्‍यो । ओली सरकार आएको एक वर्ष भयो । यो एक वर्षमा भ्रष्टाचार लाखदेखि करोड अर्बमा पुग्यो । शिक्षामा निजीकरण मात्र होइन माफियाकरण भयो । अझै ओलीजी भन्दै हुनुहुन्छ यो सुरुवात मात्र हो । अब भन्नुस बाँकी चार वर्षमा देश कहाँ पुग्ला ?’

उनले यसबीच सरकारले राष्ट्रघात मात्र गरेको बताए । ‘कालापानीमा रहेको भारतीय सैनिक क्याम्प हट्नुपर्छ भनेर युवा हुँदा देखि नारा लगायौँ । अहिले कपाल सेतै फुलिसके,’ उनले भने, ‘आफूलाई कम्युनिस्ट भन्ने सरकारले नै कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतलाई सुम्पिँदै छ । यही सरकारले नेपालको नयाँ नक्सा बाँडेको छ । जसमा यी भुभागहरु गायव छन् । झण्डै भक्तपुर जिल्ला जति भुभाग गायब छ ।’

कम्युनिस्ट सरकारले नै कालापानी र लिपुलेक भारतलाई सुम्पिँदैछः सीपी गजुरेल

काठमाण्डु, २० चैत – मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले अझै चार वर्षसम्म ओली सरकार रहे देश विकराल स्थितिमा पुग्ने बताएका छन् ।