पुन ईन्काउन्टर बारे के भन्छन् युवासंघ अध्यक्ष शाही - Himal Post Himal Post
  • २२ पुष २०८१, सोमबार
  •      Mon Jan 6 2025
Logo

पुन ईन्काउन्टर बारे के भन्छन् युवासंघ अध्यक्ष शाही



आचार्य प्रदीप
बुटवल । गुण्डा नाइके मनोज पुन र उनका सुटर सोम आले प्रहरीको कार्वाहीमा मारिएका छन् । रुपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएपछि जवाफी कारवाहीमा गरेको रुपन्देहीका एसपी श्याम ज्ञवालीले पुष्टि गरे ।सीआईबीको समन्वयमा पुनलाई इन्काउन्टर गर्न सफल भएको ज्ञवालीले बताएका छन् ।

युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेल बलु तथा काठमाडौं समिरमानसिंह बस्नेत समुहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको समेत हत्या गरेको जिम्मा पुन समूहले लिएको थिए ।

आफ्ना हुनहार मित्रजन तथा देशमा नै आतंक मच्चमईरहेको पुनको ईन्काउटर भएको खबरले आफुहरु खुसि भएको युवा संघ रुपन्देही अध्यक्ष नकुल शाहीले बताएका छन् ।
सिआईबि को टोलिले गरेको यो कार्यको सराहना गर्दै यो कार्यले सबै शुरक्षित महशुस गरेको बताए । एक पछि अर्को गर्दै व्यक्ति हत्यामा संलग्न रहेपछि नेपाल प्रहरीको लागि पुन समुह टाउको दुखाइ हुँदै आएको थियो।
यो किसिमको ईन्काउन्टरले अपाराधिक क्रियाकलाप गर्ने ब्यक्तिको मनोबाल घट्दै जाने बताउँदै अध्यक्ष शाहिले अबका दिनमा ब्यवसायी तथा राजनितिक कर्मिहरु पनि शुरक्षित महशुस गर्न सकिने बताउँछन् ।
नेपाल प्रहरीलाई कमजोर ठानेर गरिदै आएको प्रबृत्ति प्रति पनि रोकिई अब दिनदहाडै धम्कीपूर्ण फोन आउन कम हुने बताउँछन् ।  यता उनका बाँकी साथीहरु पनि केही भएपनि बाँकी हरुको पनि हालत अबका दिनमा यस्तै कामलाई निरन्तरता दिने सोचेमा मात्र पनि मनोज पुनकै हालत हुने बताए ।

उनका साथीहरु मध्यको मूख्य योजनाकार तथा मनोज पुलाई यो स्थान सम्म पुर्याउन सहयोग गर्ने समिर बस्नेत पनि पक्राउ परीसकेको बताउँदै अब यो कार्य बन्द हुने बताए ।  साथै नेपाल प्रहरी र सीबिआई को टोलि मिलेमा सबै काम गर्न सक्ने भन्दै डरको आडमा लुट्ने प्रबृत्ति हटेको बताए ।

बिहान ३ः३० मा भएको ईन्काउन्र पश्चात प्रहरीले लुम्बिनी अञ्चल अस्पतालमा शबलाई राखेको छ । उसलाई ननिकाल्दा सम्म आफुहरु यहाँबाट नहट्ने उनको अडान छ ।