नेपाल काटेर जन्मदिन: राजा बिर्साउने ओली - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

नेपाल काटेर जन्मदिन: राजा बिर्साउने ओली



काठमाडौँ- प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला सबै कामहरू विवादमा पर्न थालेका छन् ।

आइतबार मात्र जन्मदिन मनाएका प्रधानमन्त्री ओली आफ्नै कार्यकर्तामाझ हाँसोको पात्र बनेका छन् ।

कतिपयले प्रधानमन्त्री ओलीलाई राजासँग तुलना गरेका छन् भने कतिपयले नेपालीप्रतिको अपमान भनेका छन् ।

अर्को रोचक बिषय त के छ भने आफ्नो ६९ ‌औँ जन्मदिन मनाउन तामझामसाथ हेलिकप्टर चढेर तेह्रथुमको आठराई पुगेका प्रधानमन्त्री केपी ‌ओलीले ‘नेपाल’को नक्सा काटेर उत्सव मनाएका छन्।

नेपालको नक्सा आकारमा बनाइएको केक काटेर ओलीले आठराईमा ६९ औँ जन्मदिन मनाएका हुन्।

जन्मदिन परिवारमाझ मात्र मनाउने आचारसंहिता जारी गरे पनि पार्टीका नेताहरु र मन्त्रीहरुसमेत लिएर आठराई पुगेका प्रधानमन्त्री ओलीले नेपाल आकारको केक काटेर जन्मदिन मनाएका हुन्।

उनले नेपालको नक्सा काटेर जन्मदिन मनाएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।