धनगढीमा नक्कली प्रहरी बनेर युवतीको अपहरण गर्ने तीन जना पक्राउ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

धनगढीमा नक्कली प्रहरी बनेर युवतीको अपहरण गर्ने तीन जना पक्राउ



कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली प्रहरी बनेर मध्यरातमा युवतीको अपहरण गर्ने तीन जनालाई धनगढीबाट पक्राउ गरेको छ ।

शनिबार राती करिब १२ बजेतिर हामी प्रहरी हो भन्दै घरबाटै युवतीलाई पक्राउ गर्ने धनगढी उपमहानगरपालिका- १६ का लोकेन्द्र खडायत, सोही ठाउँका २१ बर्षीय अनिल राना र २२ बर्षीय सन्दिप रानालाई पक्राउ गरिएको
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार , राती युवतीको घरमै गएर एउटा घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली लैजानु पर्ने भन्दै युवतीलाई अपहरण गरेका थिए । अपहरण गर्ने तिनै जनालाई २२ गते नै प्रहरीको टोलिले पक्राउ गरेको र युवतीलाई पनि सकुसल उद्धार गरिएको प्रहरी नायव उपरिक्षक बस्नेतले जानकारी दिए ।

अपहरण गर्ने तीन जना विरुद्ध भने अपहरण र जवरजस्तीकरणीमा मुद्धा दर्ता गरिएको प्रहरी नायव उपरिक्षक बस्नेतले जानकारी दिए ।