नक्कली नोटसहित कैलालीबाट एक जना पक्राउ - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

नक्कली नोटसहित कैलालीबाट एक जना पक्राउ



कैलाली । सुदुर पश्चिम् प्रदेशको अस्थायी राजधानी धनगढीमा नेपाली नक्कली नोट सहित एक जना युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका- १ स्थित सेती अन्चल अस्पतालको फार्मेसीमा अपरिचित मान्छेले रु. एक हजारको नोट दिई रु. पाँच सयको नोट साटी रहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

प्रहरीका अनुसार सुचनाको आधारमा उनको हुलिया अनुसार खोजि गर्दा बुधबार साँझ रु. एक हजारका ४ वटा नक्कली नोट सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका -५ मा स्थाई घर भएर धनगढी उपमहानगरपालिका- १ बस्ने ३४ बर्षिय छेदुराम डगौरा चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई बुधबार पक्राउ गरेपनि बिहिबार मात्र सार्वजनिक गरेको हो ।