नक्कली कागजात पेस गरेर विदेशीले लिएका नेपाली नागरिकता रद्द - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नक्कली कागजात पेस गरेर विदेशीले लिएका नेपाली नागरिकता रद्द



काठमाडौं । जाली कागजात पेस गरेर विदेशी नागरिकले लिएका तीन सय ३९ नेपाली नागरिकता सरकारले रद्द गरेको छ । ०५४ देखि ०७३ को अवधिमा त्यसरी लिइएका नागिरकता अधिकांश भारतीय मूलका नागरिककाे रहेकाे गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल नागरिकता ऐन, २०६३ ले दिएको अधिकार क्षेत्रभित्र रही विदेशी नागरिकको नागरिकता रद्द गरिएको बताए । नेपाल नागरिकता ऐन, २०६३ अनुसार नागरिकता रद्द नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयपछि मात्रै हुन्छ ।

जसका लागि नागरिकतावाहकविरुद्ध नेपाल सरकारको आधिकारिक निकायमा उजुरी पर्नुपर्छ । छानबिनपछि गृह हुँदै उक्त उजुरी आवश्यक कारबाहीका लागि मन्त्रिपरिषद् बैठकमा पेस हुन्छ । मन्त्रिपरिषद्को बैठकले आवश्यक ठाने उक्त नागरिकता रद्द गर्न सक्छ । आजको नयाँ पत्रिकामा खबर छ । सांकेतिक तस्बिर :