मोडल करिश्मा ढकालले कसलाई भनिन् तिमी जस्ता हजार अाउछन् जान्छन बालै भएन (भिडियो सहित) - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

मोडल करिश्मा ढकालले कसलाई भनिन् तिमी जस्ता हजार अाउछन् जान्छन बालै भएन (भिडियो सहित)



समीर प्रकाश पाण्डे /काठमाडौँ ।

अर्घाखाँचीमा जन्मेर पछिल्लो समय नेपाल गीत सङ्गीतको क्षेत्रमा क्रियाशील युवा गायक शोभाखर सङ्गीतको लोक दोहोरी गीत ‘नाई न भन न यार ‘ हालै मात्र सार्वजनिक भएको छ।

गीतमा शोभाखर सङ्गीत र मिठो स्वरकी धनी गायिका सम्झना लामिछाने मगरको स्वर रहेको छ भने विश्वास नेपालको एरेन्ज तथा लयमा र राजेश नेपालको शब्द रहेको छ ।

यो गीतमा मोडेल करिश्मा ढकाल, निर्देशक मौसम हिमाली र उनै गायक शोभाशर सङ्गीतको अभिनय रहेको छ । यो गीतको म्युजिक भिडियोबाट निर्देशक हिमालीले पहिलो पटक अभिनय मा डेब्यु गरेका छन् । गीतलाई अर्घादरवार फिल्मस् प्रालिले बजारमा ल्याएको छ ।