रिपब्लिक मिडियाद्वारा गोपाल खड्काविरुद्ध गालीबेइज्जती मुद्धा दायर - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

रिपब्लिक मिडियाद्वारा गोपाल खड्काविरुद्ध गालीबेइज्जती मुद्धा दायर



निलम्बित नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले संसदीय समितिलाई दिएको झुटो बयानबाट आफ्नो गाली बेइज्जती भएको दाबी गर्दै नागरिक तथा रिपब्लिका दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्ध निर्देशक बिनोदराज ज्ञवालीले काठमाडों जिल्ला अदालतमा विहिबार गालीबेईज्जती मुद्धा दायर गरेका छन् ।

नागरिक तथा रिपब्लिक मिडिया गोपाल खड्काको घोटालाको सुरु देखि नै खुलेर बिरोध गर्दै आइरहेको थियो भने गोपाल खड्काले नागरिक र नागरिककर्मीलाई आरोप लगाउंदै आएका थिए ।

व्यवस्थापिका संसद्को उधोग, बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिबाट नेपाल आयल निगमको जग्गा खरिदसम्बनधी विषयमा अध्ययनका लागि गठन भएको उपसमिति २०७४ मा दिएको बयानबाट आफ्नो गाली बेईज्जती भएको दाबीगर्दै डिजायर ल फर्ममा कार्यरत प्रतिमा उप्रेतीको वार समार्फत उक्त मुद्धा दायर गरिएको छ ।,

यो खबर आजकोनागरिकमा छ ।