नागरिकमा सङ्कट - सम्पादकसहितको सामुहिक राजीनामा - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

नागरिकमा सङ्कट – सम्पादकसहितको सामुहिक राजीनामा



काठमाडौँ : नेपाल रिपब्लिक मिडियाको अनलाइन संस्करणका सम्पादकसहित ८ जनाले सामुहिक राजीनामा दिएको खबर प्राप्त भएको छ । व्यस्थापनको हस्तक्षेप बढेका कारण लामो समयदेखि कर्मचारी र व्यवस्थापनबीच विवाद रहेको स्रोतले जनाएको छ ।

व्यस्थापनको चरम हस्तक्षेप भएको भन्दै सम्पादक राजाराम गौतमसहित लक्ष्मण श्रेष्ठ, धीरज कुमार, किरण दहाल, पुरुषोत्तम पौडेल, चिरञ्जीवी घिमिरे, सन्तोष धिताल र जीवन कुँवरले मङ्गलबार साँझ संयुक्त राजीनामा दिएको स्रोतले बताएको छ।

तीन महिनादेखि तलब नपाएको भन्दै पत्रकारहरूले धमाधम छोड्न थालेपछि नागरिक सङ्कटमा परेको थियो। मङ्गलबारै सम्पादक गौतमलगायत उनको समूहले एक्कासी राजीनामा दिएपछि भने नागरिक अनलाइनमा पत्रकारको खडेरी परेको छ।