नगरपालिकाको उदासिनताले नालामा खसेर ६० बर्षिया वृद्धको मृत्यु  - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

नगरपालिकाको उदासिनताले नालामा खसेर ६० बर्षिया वृद्धको मृत्यु 



लिलाजंग शाही /  कैलाली ।

कैलालीको  लम्किचुहा नगरपालिका वडा नं ६ गुलरा बजार नजिकैको नालामा खसेर ६० बर्षिया वृद्धको ज्यान गएको छ ।

गुलरा निवासी जुगनी देबि चौधरी शुक्रबार राति पिसाब गर्न बाहिर निस्कदा आगन अगाडी रहेको करिब सात/आठ फिटको नालिमा खस्दा ज्यान गएको हो।

मृतक चौधरिलाई पोस्टमार्टमका लागि टिकापुर लगिएको ईलाका प्रहरी कार्यालय मोतिपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक नैन बहादुर साउदले जानकारी दिनुभएको छ।

लम्किचुहा नगरपालिकाले नगरपालिका भित्र मापदण्ड बनाएर एक महिना अगाडी बाटो निर्माण कार्य तीब्र बनाएको थियो। तर पनि उचित ढल निकाशको ब्यवस्था नगरी नाला खुल्ला छोडेको भन्दै स्थानियले आक्रोश समेत गरेका छ्न। ‘ नगरपालिकाले बाटो बिस्तार त गर्यो नाला खुला छोडिनु धराप भएको भन्दै नगरपालिकाले यस तर्फ ध्यान दिनु पर्ने ‘, स्थानीयहरुले बताएका छ्न।