नगर स्तरीय भेट्रान फुटबल : न्यु डालिमा महेन्द्रनगर सेमीफाइनलमा प्रवेश - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

नगर स्तरीय भेट्रान फुटबल : न्यु डालिमा महेन्द्रनगर सेमीफाइनलमा प्रवेश



किशोर तामाङ
पुनर्वास ,कञ्चनपुर । पुनर्वास नगरपालिकामा सञ्चालित नगरस्तरीय भेट्रान फुटबल खेलको दोस्रो चरण अन्तर्गतको दोस्रो खेल आज न्यू डालिमा महेन्द्रनगर ११ विरुद्ध कालिका भेट्रान बिच निकै नै रोचकता र प्रतिस्पर्धात्मक ढङ्गबाट सम्पन्न भएको छ ।

खेलमा न्यू डालिमा महेन्द्रनगर ११ ले १ का विरुद्ध ० (१-०) ले कालिका भेट्रानलाई हराएको हो । खेलको मध्यान्तर सम्म कुनैपनि टीमले गोल गर्न सकेन तर दोस्रो हाफमा भएको खेलमा न्यू डालिमा महेन्द्रनगर ११ का लागि मध्यान्तर पश्चात पदम चन्दले १ गोल गरेका थिए ।

आजको प्रतिष्पर्धात्मक मैत्रीपूर्ण फुटबल खेलमा कालिकाले भने कुनै गोल गर्न सकेन । न्यू डालिमाका लागि पदम चन्दले गरेको गोलनै निर्णायक गोल बने सङ्गै न्यू डालिमा महेन्द्रनगर ११ ले कालिका भेट्रान लाई पाखा लगाउदै सेमीफाइनलमा खेल्ने पक्का स्थान बनाएको हो ।

अरनिको खेलकूद बिकास समिति द्वारा “सबैका लागि खेल स्वस्थका लागि खेलकुद ” भन्ने मुल नाराका साथ हरितालीका तीजको अवसरमा भेट्रान फुटबल खेलको आयोजना गरिएको हो । खेलमा कञ्चनपुर र कैलालीका जम्मा १४ पुरुष टिमको सहभागीता रहेको छ ।

नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजका अवसरमा तिज कार्यक्रमलाई मध्यनजर गर्दै भोलि र पर्सि दुई दिनका लागि खेल भने स्थागित भएको भेट्रान खेल सञ्चालक समितिका अध्यक्ष सुबेदर मेजर मन बहादुर तामाङले जानकारी दिनुभएको छ ।

दुई दिन पश्चात निर्धारित समयमा खेल समय तालिका अनुसार खेल हुने संयोजक तामाङले बताउनु भयो ।
भदौ २८ गते दशरथ भेट्रान दशरथ बस्ती भरसेस अरनिको भेट्रान बिच खेल हुने सञ्चालक समितिका उपाध्यक्ष डम्मर तामाङ ले बताउनुभयो ।

पुनर्वास नगरपालिका २ स्थित अरनिको निमाविको आफ्नै घरेलु मैदानमा सो नगर स्तरीय मैत्रीपूर्ण भेट्रान्स फुटबल प्रतियोगिता चलीरहेको छ । नकआउट प्रणालीबाट खेलाईने सो खेलको बिजेता समुहले नगद ५० हजार र उपविजेता ले नगद ३० हजार रुपैया पुरस्कार स्वरूप प्राप्त गर्नेछ ।