नगर स्तरीय भेट्रान खेल : शान्ति भेट्रान अंशुवर्मा दोस्रो चरणमा प्रवेश - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नगर स्तरीय भेट्रान खेल : शान्ति भेट्रान अंशुवर्मा दोस्रो चरणमा प्रवेश



हिमाल पोस्ट / कञ्चनपुर ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा यहि १७ गतेदेखि संचालनमा आएको नगर स्तरीय भेट्रान खेलमा आज पहिलो चरणको तेस्रो खेल शान्ती भेट्रान अशुबर्मा विरुद्ध रोयल ७ भेट्रान गुलरिया बिच सम्पन्न भएको छ ।

आज सम्पन्न भएको खेलमा १ का विरुद्ध ० (१-०) को अन्तरले शान्ति भेट्रान अंशुवर्मा बिजयी भएको छ । खेल कडा प्रतिस्पर्धामा गइ पेनाल्टी सुट आउट हुँदा १ का विरुद्ध ० ले शान्ति भेट्रान अंशुवर्मा बिजयी भएको हो । बिजयी भएसङ्गै शान्ति भेट्रान दोस्रो चरणको खेलमा पुग्न सफल भएको छ भने रोयल ७ गुलरिया खेलबाट बाहिरिएको छ ।

खेलको १० औ मिनेटमा रोयल ०७ गुलरियाले  १ गोल प्रहार गरेको थियो । गुलरियाले मध्यान्तर अगावै गोल गरी टिम लाई अग्रता दिलाए पनि खेलको अन्तिम समयमा शान्ति भेट्रान ले पनि १ गोल प्रहार गरी  १-१ को वरावरीमा पुर्‍याएको थियो । दुबै टीमको मजुरीमा समितीको निर्णय अनुसार पेनाल्टी सुटआउटको नतिजा निर्धारण गरिएको थियो ।

अरनिको खेलकूद बिकास समिति द्वारा “सबैका लागि खेल स्वस्थका लागि खेलकुद ” भन्ने मुल नाराका साथ  हरितालीका तीजको अवसरमा भेट्रान फुटबल खेलको आयोजना गरिएको हो । खेल पुनर्वास नगरपालिका २ स्थित अरनिको निमाविको आफ्नै घरेलु मैदानमा सञ्चालन भईरहेको छ ।

खेलको बिजेता समुहले नगद ५० हजार र उपविजेता ले नगद ३० हजार प्राप्त गर्ने आयोजक समितिका भेट्रान खेल संयोजक सुवेदर मान बहादुर तामाङले जानकारी दिनुभयो । कञ्चनपुर र कैलालीका गरी जम्मा १४ पुरुष टिमको सहभागीता रहेको उक्त खेल असोज १ गते सम्म चल्नेछ ।