नगर स्तरीय भेट्रान फुटबल प्रतियोगिता : लालझाडीलाई हराउँदै महेन्द्रनगर दोस्रो चरणमा प्रवेश - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नगर स्तरीय भेट्रान फुटबल प्रतियोगिता : लालझाडीलाई हराउँदै महेन्द्रनगर दोस्रो चरणमा प्रवेश



किशोर तामाङ्ग / कञ्चनपुर ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा यहि १७ गतेदेखि संचालनमा आएको नगर स्तरीय भेट्रान फुटबल खेलमा आज पहिलो चरणको चौथो खेल हिमाल फरेन्डस लालझाडी विरुद्ध न्यू डालिमा महेन्द्रनगर ११ बिच खेल सम्पन्न भएको छ ।

खेलमा ०-३ को अग्रता लिदै हिमाल फरेन्डस लालझाडीलाई पाखा लगाउदै न्यू डालिमा महेन्द्रनगर दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको पहिलो हाफमा कुनैपनि टीमले गोल गर्न नसक्दा खेल गोल रहित बराबरीमा टुंगिएको थियो । खेलको दोस्रो हाफमा न्यू डालिमा महेन्द्रनगर ११ का लागि शंकर चौधरीले १ गोल गरि टिमलाई अग्रता दिलाएका थिए । ५ मिनेटको अन्तरालमा हर्क थामाले न्यू डालिमाका लागि दोस्रो गोल गरेका थिए । खेलको १० औँ मिनेट बाँकी रहँदा न्यू डालिमाका लागि तेस्रो गोल महा शर्माले गरी ३ गोलको अग्रता लिएको हो । खेल निकैनै प्रतिष्पर्धात्मक रहे पनि हिमाल फरेन्डस लालझाडीले कुनै पनि गोल गर्न नसक्दा प्रतियोगिता बाटै बाहिरिन पुगेको छ ।

अरनिको खेलकूद बिकास समिति द्वारा “सबैका लागि खेल स्वस्थका लागि खेलकुद ” भन्ने मुल नाराका साथ  हरितालीका तीजको अवसरमा भेट्रान फुटबल खेलको आयोजना गरिएको हो । खेल पुनर्वास नगरपालिका २ स्थित अरनिको निमाविको आफ्नै घरेलु मैदानमा सञ्चालन भईरहेको छ ।

खेलको बिजेता समुहले नगद ५० हजार र उपविजेता ले नगद ३० हजार प्राप्त गर्ने आयोजक समितिका भेट्रान खेल संयोजक सुवेदर मान बहादुर तामाङले जानकारी दिनुभयो ।

भोलीको पहिलो चरणको खेल अन्तरगत पाँचौ खेल भने अरनिको भेट्रान ए अरनिकोबस्ती विरुद्ध अमर मोती भेट्रान मोतीबस्ती बिच हुने संयोजक तामाङले जानकारी दिनु भयो । कञ्चनपुर र कैलालीका गरी जम्मा १४ पुरुष टिमको सहभागीता रहेको उक्त खेल असोज १ गते सम्म चल्नेछ ।