नगर स्तरिय खाद्य अधिकार सम्बन्धि अभिमुखिकरण घोडाघोडीमा सम्पन्न - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

नगर स्तरिय खाद्य अधिकार सम्बन्धि अभिमुखिकरण घोडाघोडीमा सम्पन्न



विशाल पाण्डेय / सुखड,कैलाली ।
नगरपालिका स्तरिय खाद्य अधिकार संजाल गठन तथा अभुमुखिकरण कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा सम्पन्न भएको छ ।

परिवर्तनका लागि कार्यरत युवा समूह (याक) नेपालको आयोजनामा सोमबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा खाद्य अधिकार ,मानव अधिकार , यस सम्बन्धि बनेका कानुन , खाद्य अधिकार संजालको संरचना लगायतका विषयमा छलफल गरिएको थियो ।

आयोजक याक नेपालले बिगत ९ बर्ष देखि सुदिर पश्चिम् का विभिन्न जिल्लाहरुमा आवद्ध रहेर किसान हरुको हकहितको लागि काम गरिरहेको याक नेपालका कार्यकारी निर्देशक डबल बमले बताउनु भयो । बमले याक नेपालले , खाद्यमा पहुँच नभएकाहरुका लागि सहजीकरणको काम गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , ‘कृषि सम्बन्धि ९ बर्ष देखि सुदिर पश्चिम् का विभिन्न जिल्लाहरुमा सुशासन तथा जलवायु परिवर्तन सम्बन्धि काम गरिरहेको छौँ । ‘

खाद्य संजाल नगरमा गठन गर्नुको उद्देश्य बारे जानकारी दिदै याक नेपाल खाद्य अधिकार सवलिकरण परियोजना वरिष्ठ अधिकृत देव खनालले खाद्य अधिकारका बारेमा सचेतना अभिवृद्धि तथा क्षमताको विकास गर्ने रहेको बताउनु भयो । उहाले खाद्य अधिकार प्रबर्द्धक तयार गर्ने ,खाद्य अधिकार उल्लंघन घटनाको पहिचान गर्ने तथा खाद्य अधिकार सम्बन्धि राष्ट्रिय नीति निर्माण गराउन सहयोग गर्ने नै याक नेपालको मुख्य उद्देश रहेको समेत बताउनु भयो ।

कार्यक्रममा कृषि समूह ,युवा समूह , जलवायु परिवर्तन समन्वय समिती ,खाद्य समितिका प्रतिनिधि , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

नगर स्तरिय खाद्य अधिकारका लागि १३ सदस्यीय समिती गठन

घोडाघोडी नगरपालिकाका किसानहरुको क्षमता अभिवृद्धि ,मुद्दा घटनाको पहिचान तथा किसानहरुको हकहितका लागि सधै आवाज उठाउन सजिलो होस भन्ने उद्देश्यले घोडाघोडी नगरपालिकामा पनि नगर स्तरिय खाद्य अधिकार संजालको गठन गरिएको छ ।

कार्यक्रममा संचारकर्मीहरु लाई समेत समेटि गया प्रसाद चौधरीको संयोजकत्वमा १३ सदस्यीय नगर स्तरीय खाद्य अधिकार संजालको गठन गरिएको हो ।

समितिका सदस्यहरुमा क्रमश: लक्ष्मी मिश्र ,विशाल पाण्डेय,इन्द्रा केसि ,गणेश प्रसाद चन्द,मिना चौधरी ,कृष्ण बिक,जुगराम चौधरी , किसोर परियार,बिन्तिराम चौधरी पदमा बोगटी रहेका छ्न भने पदेन सदस्यमा धनिराम सुवेदी र सुन्दर कलि चौधरी रहेका छन् ।