नगर प्रमुखले अर्थमन्त्रीकै घर भत्काउन लगाए ! - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

नगर प्रमुखले अर्थमन्त्रीकै घर भत्काउन लगाए !



कैलाली । केही दिन अघि कैलालीको लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईंले राजमार्गको बिच भागबाट २५ मिटर अतिक्रमित सडक खाली गर्ने क्रममा आफ्नै घर भत्काएर सुरु गरेको अभियान अन्तरगत प्रदेश नम्बर सातका आर्थिक तथा योजना मन्त्री झपट बोहराको घर समेत भत्काइएको छ । मापदण्ड विपरीत बनाएकाले मन्त्री बोहरकाको घर भत्काइएको हो ।

नगरभित्रका सबै सडकहरू कम्तीमा ३० फिट फराकिलो बनाउने अभियानपछि नगरपालिकाले राजमार्ग क्षेत्रमा दिन प्रतिदिन सडक दुर्घटना बढ्दै गएको भन्दै नगरको क्षेत्रभित्र पर्ने राजमार्गको बिच भागदेखि सडक विभागको मातहत रहेको २५ मिटर अतिक्रमित जग्गा खाली गर्ने १५ दिने सार्वजनिक सूचना प्रकाशन गरी अभियान चलाएको थियो।

नगरपालिकाको विकासका लागि अभियान सुरु गरिएको भन्दै नगरपालिकाले मापदण्ड विरितका घर भत्काउने अभियान नरोकिने स्पष्ट पारेको छ ।