नदिमा डुबेर कैलालीमा दुई जनाको मृत्यु - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

नदिमा डुबेर कैलालीमा दुई जनाको मृत्यु



विशाल पाण्डेय / घोडाघोडी ।
नदिमा डुबेर कैलालीमा दुई जनाको ज्यान गएको छ । बुधबार घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिका गरि छुट्टाछुट्टै ठाउँको नदिमा डुबेर दुई जनाको मृत्यु भएको हो ।

घोडाघोडी नगरपालिका -१ सुक्तिकाँडा नदिको नहरमा नुहाउने क्रममा डुबेर वर्ष १६ का नवराज न्यौपानेको मुत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ । दिउसो करिब ४ बजे तिर साथीहरुसंग नुहाउने क्रममा नहरमा डुबेर मुत्यु भएको प्रहरीले बताएको छ । दैलेख जिल्लाको चामुण्डा बिन्दासैनी नगरपालिका -८ बस्ने नारायण न्यौपानेका छोरा नवराज न्यौपाने फुपुलाई भेट्न भनी केही दिन अघि बेलार गाउँ आएका थिए ।

त्यस्तै लम्कीचुहा नगरपालीका -६ गुलरा भएर बग्ने चरेला नदिमा डुबेर एक किशोरीको ज्यान गएको छ । ज्यान जानेमा गुलराकै स्थानिय राम किसन चौधरीकी १५ वर्षिया छोरी कल्पना चौधरी रहेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । विहान करीव ८ बजेतिर घरबाट निस्केकी कल्पना घर नफर्के पछि परीवारका सदस्यले ईलाका प्रहरी कार्यालय लम्कीलाई खबर गरेका थिए ।

प्रहरीले खोजि गर्ने क्रममा अपरान्न करीव साँढे ४ बजे कल्पनाको शव तार जालीमा अड्किएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । सांकेतिक तस्बिर :