नदिमा वडाध्यक्षको शव फेला - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

नदिमा वडाध्यक्षको शव फेला



रामेछाप । मंगलबार बिहानबाट हराएका उमाकुण्ड गाउँपालिका–५ प्रीतिका अध्यक्ष ५२ वर्षीय कुवीर खत्रीको शव सुनकोसी नदीमा फेला परेको छ । मंगलबार बिहान घरबाट गाउँपालिकाको बैठकमा सहभागी हुन हिँडेका अध्यक्ष केसी दिउँसो अबेरसम्म पनि कार्यालयमा नपुगेपछि खोजी सुरु भएको थियो ।

बुधबार बिहान लिखु नदी किनारमा उनको शव भेटिएको उमाकुण्ड गाउँपालिका प्रीतिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए ।

वडाध्यक्ष खत्रीले मंगलबार बिहान प्रीति–५ को बसेरी चिलाउने भन्ने स्थानमा आफूले प्रयोग गर्दै आएको मोटरसाइकल, कोट, जुत्ता र डायरीलगायत सामग्री सडकछेउमा छाडेका थिए । उनले छाडेका सामग्री राखेको स्थानभन्दा करिब पाँच सय मिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।