नदिमा डुबेर कैलालीमा एक बालकको ज्यान गयो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नदिमा डुबेर कैलालीमा एक बालकको ज्यान गयो



हिमाल पोस्ट / सुखड,कैलाली ।
कैलालीमा सोमबार नदीमा डुवेर एक वालकको मृत्यु भएको छ ।

शिवगंगा नदीमा नुहाउने क्रममा घोडाघोडी नगरपालिका वडा नम्वर ४ का अर्जुन धामिका ९ वर्षिया छोरा विवेक धामिको मृत्यु भएको इलाका प्रहरी कार्यलय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिनुभयो ।

स्थानिय सिताकुण्ड माध्यमिक विद्यालयमा कक्षा २ मा अध्यनरत वालक साथिहरुसंग नदीमा पौडी खेल्न गएको वेला डुवेपछी स्थानियले उद्धारगरी सुखड स्थित घोडाघोडी अस्पतालमा उपचारका लागि ल्याउदै गर्दा वाटोमै मृत्यु भएको प्रहरीले वताएको छ ।