सलिना नेपालीको तीजको कोसेली “नाचन साईली” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

सलिना नेपालीको तीजको कोसेली “नाचन साईली” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा तीज सम्बन्धी विभिन्न गीतहरू सार्वजनिक हुने क्रम गर्माएको छ । विगतका वर्षहरूमा झैँ यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरू धमाधम बजारमा ल्याउन गायिकाहरु यति बेला अति नै व्यस्त हुन थालेका छन् । तीजकै अवसर पारेर गायिका सलिना नेपालीले पनि “ नाचन साईली ” बोलको नयाँ गीत बजारमा ल्याएकी छिन् ।

गायिका सलिना नेपाली र गायक राजन कार्कीको समधुर स्वरमा रहेको उक्त गीतमा शब्द घनश्याम रिजालले लेखेका छन् भने सङ्गीत गायक राजन कार्कीकै रहेको छ ।

यस्तै गीतको भिडियोलाई रबिन थापाले निर्देशन गरेका छन् । करन चैसिरको छायाङ्कन र प्रविन रेश्मी मगरको सम्पादनमा भिडियो तयार भएको छ । भिडियोमा नरेश वीर र उनै गायिका सलिना नेपालीको दमदार नित्य तथा अभिनय देख्न सकिन्छ । गीत शिव दर्शन फिल्मस् ले बजारमा ल्याएको हो ।

https://youtu.be/L6JM7eCsqIw