नाच्छु है सानु (भिडियो सहित) - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

नाच्छु है सानु (भिडियो सहित)



हिमाल पोस्ट /साउन २२ 

हिन्दु नारी हरुको महान् पर्व हरितालीका तीज नजिकिदै गर्दा तिज का गीत हरू बजारमा आउने क्रम दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समयमा गीत सङ्गीत मा चर्चा कमाउदै आएका चर्चित गायक पवन भण्डारी र तमन्ना रेग्मीको तीज को गीत नाच है सानुको म्युजिक भिडियो शुक्रवार सार्वजनिक गरिएको छ ।

कुसुम डिजिटल रेकर्डिङ स्टुडियो अत्तरिया कैलाली बाट रेकर्ड गरिएको उक्त गीतमा गायिका तमन्ना रेग्मी ले स्वर दिनु भएको छ । सुदुर पश्चिम्को पहाडी जिल्ला अछाममा मङलसैन नगरपालिका वाडा न ६ मा जन्मनु भएका गायक भण्डारी ले यस भन्दा अगाडी डेउडा भाका पनि बजारमा ल्याउनु भएको छ ।

सानै देखि गीत सङ्गीतमा रुचि राख्ने गायक भण्डारी ले पछिल्लो समय मा गीत सगित मा लागिरहनु भएको छ । उनको आवाजमा रहेको नाच है सानी गीत मा लय गाएक भण्डारीको नै रहेको छ भने शब्द पवन भण्डारी र चक्र साउद को रहेको छ ।गीतको  म्युजिक भिडियोमा मनोज जेठारा ,सानु कुवर , राजेश नेपाली , पूजा पौड्याल को अभिनय रहेको छ भने निर्देशन त्रीबेन्द्र कर्ण माहान साब गर्नु भएको छ । सुन्दर सुदुर पश्चिम् को शिव पुरी धनगढी मा छायाङ्कन गरिएको यो गीतलाई नाएक फिल्मस प्रालि मिडियाले उत्पादन गरेको छ भने यश गीतलाई सड्क मिडियाले बजार ल्याएको छ ।

गायक  भण्डारीको आवाजमा रहेको अर्को तिज गीत हङकङ साडी ल्याउदिन पनि केही दिन मै बजारमा आउँदै गरेको उनले बताए ।साथै तिज लगत्तै आईलभ यु भन्छे मोरि मेरै साथीलाई लोक दोहोरी गीत पनि बजार मा आउने उनले बताए । विगत लामो समय देखि सन्चार मिडियामा कार्यरत गायक भण्डारी अछामको पहिले रेडियो रामारोसन मा करिब ६ वर्ष सम्म काम गर्नु भएको थियो भने हाल रेडियो सुदुर संदेश धनगढी मा कार्यरत हुनु हुन्छ ।