नेपाल वायुसेवा निगमका भारत प्रवन्धक भण्डारीको बिदाई, पौडेललाई स्वागत - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

नेपाल वायुसेवा निगमका भारत प्रवन्धक भण्डारीको बिदाई, पौडेललाई स्वागत



नयाँ दिल्ली- भारतमा नेपाली राजदूतावासपछि नेपाल सरकारको प्रतिनिधिमूलक निकायका रूपमा कार्यरत नेपाल वायुसेवा निगमका प्रवन्धक टंकबहादुर भण्डारीको २ वर्षे कार्यकाल सकिएको छ ।

कार्यकाल सकिएसंगै बिदाई भई भण्डारी नेपाल फर्किएका छन् भने नयाँ प्रवन्धकको रूपमा नारायण पौडेलले पदभार सम्हालेका छन् ।

भारतमा रहुन्जेल नेपाली समुदाय र भारतीय समुदाय बीच राम्रो हेलमेल गरेका भण्डारी करिब २ वर्ष ४ महिना दिल्लीमा रहेका थिए । उनलाई बर्ड ट्रावल्सद्वारा एक कार्यक्रम बीच विदाई पनि गरिएको थियो ।

उक्त सामाहरोमा सोही पदमा काम गर्न आएका नेपाल वायुसेवा निगमका नवनियुक्त प्रवन्धक नारायण पौडेललाई स्वागत गरिएको थियो ।

सोहि अवसरमा लेखा संयोजकका कृष्ण अधिकारीलाई पनि विदाई गरिएको थियो भने उनको स्थानमा राजेन्द्र बहादुर शाहीलाई स्वागत गरिएको थियो ।

वर्ड ट्रावल्सका बजार व्यवस्थापक रविन्द्रले भण्डारीको खुलेर प्रसंसा गर्दै भारतमा रहुन्जेल राम्रो सहयोग मिलेको बताएका थिए ।

भण्डारीले जादै गर्दा भारतमा बसुन्जेल विभिन्न सङ्घ सस्थाका प्रतिनिधिको भरपुर सहयोग रहेको भन्दै सबैलाई सहयोग र न्यानो मायाको लागि धन्यवाद पनि दिएका थिए ।