देश अर्को विपी खोजीरहेछ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

देश अर्को विपी खोजीरहेछ



देश अर्को विपी खोजीरहेछ

नबिन कंडेल / अस्ट्रेलिया

मलाई लाग्छ
मेरो देश कसैलाई खोजी रहेको छ।
मलाई लाग्छ
मेरो देश कसैको पर्खाइमा छ
मेरो देश कम्तिमा पनि
एउटा यस्तो सन्तानको आशामा छ
जसले आफ्नो होइन राष्ट्रको
कार्यकर्ताको होइन जनताको
धनिको होइन गरिबको
गुण्डा र डनको होइन सोझा र निमुखाको
महलको होइन झुपडीको
भू-माफियाको होइन किसानको
बिदेशी दलाल र चाकडीबादको होइन
देश प्रेम र राष्ट्रबादको कुरा गर्नसकोस
हो , मेरो देश फेरी अर्को विपी खोजिरहेको छ
जसले राष्ट्रियताको लागि , राष्ट्रको लागि
आफैलाई सिध्याउन लाग्ने बिरोधीसँग पनि
मेलमिलाप नीति अपनाउन सकोस

आफैले प्रतिपात गरेको समाजबाद र प्रजातन्त्र भन्दा
राष्ट्रियता ठुलो हुन्छ भन्न सकोस
क्षणिक राजनीतिक लाभ हानि भन्दै
दुरगामी सोच विचार राख्न सकोस
जसरी पनि म , मेरो मान्छे , मेरो आसे पासे
वा मेरा कार्यकर्ता नभनी
सक्षम , इमान्दार , ऊ , उनीहरु , त तपाई
तपाईका मान्छे जो भए पनि हुन्छ भन्न सकोस

हो मेरो देश सक्षम सान्तन खोजिरहेको छ
हो मेरो देश फेरी अर्को विपी खोजिरहेको छ
मलाई लाग्छ , देश मात्र होइन
तपाई हामी देशबासि पनि
यस्तो नेता खोजिरहेछौ
जो बीपी जस्तै होस्।कांग्रेस होस् कि कम्युनिष्ट
तर विपी जस्तै राष्ट्रबादी होस
हो हामीलाई यस्तो नेता चाहिएको छ
जसले समाजमा रहेको कुपर्था र अन्धबिश्वाशको
बिरोध गर्न सकोस , हटाउन सकोस

जसले जनताको पैसामा , बिदेशी उपचार होइन
जनता र नेता एकै ठाउमा उपचार गर्न सक्ने
अस्पताल बनाउन सकोस
हारेका हराईका र जनताले नरुचाएकाले
सत्ता नलिने र नरुचाएकालाई सत्तासिन
हुन नदिने नेता होस्

हो मेरो देश फेरी अर्को बिपि खोजिरहेको छ
सामाजबादी होस् कि साम्यवादी होस्
क्रान्तिकारी होस् कि जनबादी होस्
तर बिपी जस्तै राष्ट्रबादी होस्
हो राष्ट्रियता संकटको बेला
मेरो देश फेरी अर्को विपी खोजिरहेछ।