नविना लामा भन्छिन: नेकपाका भालेहरूले शिक्षित नारीको हुर्मत लिए - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

नविना लामा भन्छिन: नेकपाका भालेहरूले शिक्षित नारीको हुर्मत लिए



काठमाडौं। नेकपाकी सांसद नविना लामाले उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने बताएकी छन् ।

उनले पार्टी नेतृत्वमा देखिएको भालेवादी चिन्तनको शिकार शिवमाया बनेको भन्दै आफ्नै नेकपा नेताहरूको बिरोध गरेकी छन् ।

नेकपा भित्र प्रधानमन्त्री केपी ओली निकट भनेर चिनिएकी नेतृ लामाले सामाजिक सञ्जालमा बिचार राख्दै सभामुखको बारेमा यस्तो लेखेकी हुन्।

लामाले भनेकी छिन्, “विद्यावारिदी गरेको, कानून व्यवसाय अभ्यासरत, अखिलको उपाध्यक्ष भैसकेको, लामो र अनवरत कम्युनिष्टको आन्दोलन, संघर्ष जेलनेल सवै त्यागेर राजनीतिमा लागेको, पार्टीको केन्द्रीय सदस्य रहेको, जातीय राजनीतिको हावामा विचारले नडगमगाएको, महिला त्यो पनि जनजाति पृष्ठभूमिको शिवमाया दिदी महिला सभामुखमा अयोग्य हुने हो भने हाम्रो गौरवशाली पार्टी नेकपामा भालेवादी चिन्तन कति बलियो रहेछ भन्ने निश्र्कर्ष निकाल्नु पर्छ।”

नेकपा भित्र उनलाई उपसभामुखबाट राजिनामा दिने सचिवालयको निर्णयसगै उनको समर्थनमा महिला नेतृहरु चर्को रुपमा उत्रिएका छन्।

सभामुख कसलाई बनाउने भन्नेबारेमा प्रधानमन्त्री, राष्ट्रपति र प्रचण्डका आआफ्नै उम्मेदवार हुदाँ सभामुखबारेमा नेकपा टुग्गोमा पुग्न सकेको छैन्। नेकपामा गुटगुटको बेमेलले संसदलाई नै बन्धक बनाएको कांग्रेसले आरोप लगाएको छ।

लामाको स्टाटसमा धेरैले समर्थन जनाएका छन्। सभामुख कृष्ण बहादुर महरा यौन दुराचारमा मुसिएसँगै उनले राजिनामा दिएपछि नयाँ सभामुख कसलाई बनाउने भन्नेबारेमा नेकपा भित्र सहमति हुन सकेको छैन्।

अझ उपसभामुख तुम्वहाम्फेले राजिनामा दिन्न, सक्छौ भने महाअभियोग लगाउ भनेर नेतृत्वलाई चुनौती दिएसगै सभामुखमा सहमति नहुदाँ यो मुद्दा नेकपा भित्र पेचिलो बनेको छ।