नवीना लामाद्वारा विवाहको खर्चले मिर्गौला रोगीलाई सहयोग - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

नवीना लामाद्वारा विवाहको खर्चले मिर्गौला रोगीलाई सहयोग



काठमाडौं– सांसद तथा बिद्यार्थी नेतृ नवीना लामाले आफ्नो विवाह खर्च कटाएर मृगौला रोगीलाई सहयोग गरेकी छिन्। बिहिबार विवाह कार्यक्रममै उनले मृगौला रोगी प्रेम बगालेलाई एक लाख ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेकी हुन्।

अनेरास्ववियुका पाल्पा अध्यक्ष रहेका बगालेको दुवै मृगौला फेल भएका छन्। बैवाहिक कार्यक्रममै लामाले सहयोगको चेक हस्तान्तरण गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले बताए।

नवीनाले आर्मी अफिसर्स क्लबमा बिहिबार अनेरास्ववियुकै नेता प्रबीण श्रेष्ठसँग विवाह गरेकी हुन्। उनीहरुबीच करिब एक दशकअघिदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो।