नबिल बैङ्क टीकापुर शाखाको उद्घाटन - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

नबिल बैङ्क टीकापुर शाखाको उद्घाटन



लोकेन्द्र रावल
टीकापुर- नबिल बैङ्क शाखा टीकापुरको सोमबार औपचारिक उद्घाटन भएको छ । नबिल बैङ्क सञ्चालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन गर्दै अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै शाखा विस्तार गर्ने योजना अनुरूप टीकापुर शाखाको उद्घाटन गर्न पाँउदा खुसी लागेको बतानुभयो ।

उहाँले व्यावसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरू प्रदान गर्न र समाजका बृहत् एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनत्म रूपले परिपुर्ति गर्ने तथा सधैँ उत्कृष्ट सेवाप्रदान गर्ने हाम्रो प्रतिबद्धता रहेको बताउनुभयो ।’

नबिल बैङ्कले आधुनिक व्यावसायिक बैंकिङ्ग प्रणाली सुरुवात गरी देशमा समग्र उद्यमशिलता, रोजगारी सृजना तथा परिमाणात्मक रूपले सरकारी ढुकुटीमा पु¥याएको योगदानबाट हामी सबैलाई गौरवको अनुभूति भएको पौड््यालले बताउनुभयोे ।

सोही अवरमा बैङ्कका कार्यकारी प्रमुख अनिल केशरी शाहले वित्तीय कारोबार मात्र नभई साना साना उद्यमीलाई समेट बैङ्कले कर्जा प्रवाह गरी आर्थिक उन्नतिमा प्रोत्साहन गर्ने बताउनुभयो ।
उहाँले बैङ्क विस्तार सधैँ नाफामुखी मात्र नभई लगानी गर्न सक्ने उद्यमीहरूको लागि पनि बैङ्क विस्तार गर्दा आर्थिक विकास हुने बताउनु भयो । उहाँले बैङ्कको प्रादेशिक संरचना अनुरूप सबै प्रदेशमा बैङ्क विस्तार गरिरहेको र टीकापुर बैङ्क ६५ औँ शाखाको रूपमा विस्तार भएको बताउनुभयो ।

देशमा ७७ ओटै जिल्लामा विस्तार गर्ने लक्ष्य राखेको बैङ्कले सबै शाखा को वृहत् सञ्जाल मार्फत सेवा प्रवाह, १०९ वटा एटिएमहरुको विशाल संरचना र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरू मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु सँगै अघि बढ्ने विश्वास लिएको शाहले बताउनुभयो ।

यसै गरी सोमबार नै बिरेन्द्रनगर सुर्खेत, र लमही दाङमा पनि शाखाहरू को औपचारिक उद्घाटन भएको छ । नबिल बैङ्क ‘क’ वर्गको बैङ्क हो ।