नवलपुरमा हावाहुरीसहित भारी वर्षा, विद्यालय बन्द - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नवलपुरमा हावाहुरीसहित भारी वर्षा, विद्यालय बन्द



नवलपरासी – नवलपुरमा हावाहुरीसहितको भारी वर्षाका कारण विद्यालय बन्द गरिएको छ । हावाहुरीका कारण संम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको हो ।

हुरीबतासको सम्भावना रहेको भनी सूचना गरेकाले आज विद्यालय बन्द गरिएको जिल्ला शिक्षा तथा समन्वय इकाई नवलपुरले जनाएको छ ।

यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकालगायत सबैजसो पालिकामा पनि विद्यालय बन्द गरिएको सम्बन्धित पालिकाका शिक्षा शाखाहरुले जनाएका छन् ।

कावासोतीमा आज बिहानैदेखि हावाहुरीसँगै पानी परिरहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा बेलाबेलामा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी समेत चलेको छ । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।