नव मोडेल अमनले हातमा तिम्रो नामको ट्याटु खोप्छु भनेपछि पुजनले गरिन यस्तो हंगामा (भिडियो सहित) - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

नव मोडेल अमनले हातमा तिम्रो नामको ट्याटु खोप्छु भनेपछि पुजनले गरिन यस्तो हंगामा (भिडियो सहित)



विशाल पाण्डेय / सुखड,कैलाली ।
नेपाली कला क्षेत्रमा मोह राख्ने र कला क्षेत्रमा लागेर केहि गर्न चाहनेहरुको संख्या अहिले बढ्दो छ । यसै क्रममा कञ्चनपुरको पुर्नवासमा जन्मिएका २२ वर्षिय अमन कुँवरलाई कला क्षेत्रको मोहले तानेको छ । लामो समयदेखि डान्स सिक्दै आएका अमन अहिले भने मोडेलको रुपमा देखा परेका छन् ।

पछिल्लो युवा पुस्ताका चर्चित गायक चक्र बमको आवाजमा रहेको “ट्याटु” बोलको म्युजिक भिडियोबाट अमनले डेब्यु गरेका छन् ।

गायक चक्र बमकै शब्द तथा संगित रहेको उक्त गितको एरेन्ज भने केशव बडुले दिएका छन् ।

निर्देशक विक्रम चौहानले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा नव मोडेल अमन कुँवरलाई पुजन घिमिरेले अभिनयमा साथ दिएकी छिन् ।

मिलन विश्वकर्माको सम्पादन रहेको म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् । म्युजिक भिडियो चक्र बम युट्युव च्यानल मार्फत मंगलबार सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस :