म्याग्दीको भकिम्लीमा जीप दुर्घटना,१४ जना घाइते - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

म्याग्दीको भकिम्लीमा जीप दुर्घटना,१४ जना घाइते



म्याग्दी : बेनी नगरपालिका-३ भकिम्लीस्थित हल्लेगौडामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। सदरमुकाम बेनीबाट भकिम्ली जाँदै गरेको ग १ ज ७०५६नम्बरको बोलेरो जीप हल्लेगौंडाको तल्लो घुम्तीमा बुधवार अपरान्ह दुर्घटना भएको हो।

दुर्घटनामा जीप मालिक यामबहादुर श्रीष, धनकुमारी श्रीष, रुकुमकुमारी घर्ती,आइतेराम विक,डम्मरबहादुर छन्त्याल, रणबहादुर क्षेत्री, विक्रम सुनार, विशाल शाक्य, शान्ता शाक्य, बुद्धिकला सुनार र इन्द्रबहादुर विक लगायत घाइते भएका छन्।

घाइतेको टाउको र शरीरका विभिन्‍न भागमा चोट लागेको बताइएको छ। ‘जोखिम मोलेर यात्रुलाई बचाउने प्रयास गरेँ’, चालक यामबहादुर श्रीषले भने, ‘एक्कासि ब्रेक फेल भएपछि अनियन्त्रित भयो।’ घाइतेहरुको उद्धारका लागि प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घाइतेहरुलाई अस्पतालमा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव निरीक्षक जीवन पौडेलले जानकारी दिए। दुर्घटनाको जानकारी पाएलगत्तै स्थानीय उद्धार गर्न घटनास्थल पुगेका थिए।