रबी रामिछानेसहित तीन जनालाई अदालत पुर्याइयो ,म्याद थपिन्छ कि मुद्दा दर्ता हुन्छ ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

रबी रामिछानेसहित तीन जनालाई अदालत पुर्याइयो ,म्याद थपिन्छ कि मुद्दा दर्ता हुन्छ ?



चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानविनका लागि पक्राउ परेका रबी रामिछानेसहित तीन जनालाई आज अदालत पुर्याइएको छ। मंगलबार बिहान १० बजे उनीहरुलाई जिल्ला अदालत चितवन पुर्याइएको हो।

पाँच दिनको अनुसन्धान र बयानपछि तीनै जनालाई आज छैठौँ दिन अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

केही समयअघि पत्रकार पुडासैनीको मृत्यु अघिको भिडियो सार्वजनिक भएको थियो । जसमा उनले तीन जनाको नाम पटक-पटक लिएका थिए। आत्महत्या दुरुत्साहन गरेको अभियोमा प्रहरीले अनुसन्धानका लागि लामिछानेसहित न्यू २४ मा कार्यरत पत्रकार युवराज कँडेल, र रुकु भनिने अस्मिता कार्कीलाई पक्राउ गरेको थियो।

उनीहरु विरुद्ध आज अदालतले म्याद थप गर्ने वा मुद्दा दर्ता गर्ने भन्ने बारे निर्णय सु्नाउनेछ।

सोमबार पुडासैनीको पोस्टमार्टम रिर्पोट पनि तयार भएकाले उक्त रिर्पोटले पनि अनुसन्धानलाई केही सहयोग गरेको प्रहरीले जनाएको छ।