माई भ्याली गोल्डकप: संकटा क्लब र सिक्किम युनाइटेडको खेल अाज - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

माई भ्याली गोल्डकप: संकटा क्लब र सिक्किम युनाइटेडको खेल अाज



इलाम ; चौथो अन्तर्राष्ट्रिय आमन्त्रित माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो प्री–क्वार्टरफाइनल खेलमा शनिवार सीएमजी संकटा क्लबले पाहुना टोली भारतको सिक्किम युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ।

इलामको ठूलो टुँडिखेलमा अपराह्न ३ बजे सुरु हुने खेलमा यी दुई टोली पहिलो पटक माई भ्याली गोल्डकपमा भिड्न लागेका हुन्।

गत संस्करणमा संकटा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफसँग १–० ले पराजित बन्दै पहिलो चरणबाटै बाहिरिएको थियो भने सिक्किम युनाइटेड पहिलो पटक माई भ्याली गोल्डकपमा प्रतिस्पर्धा गर्न लागेको हो।

सिक्किम पछिल्लो पटक गत फागुनमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकपमा घरेलु टोली झापा–११ सँग २–१ गोल अन्तरले पराजित भएको थियो। शुक्रबार सम्पन्न दोस्रो प्री–क्वार्टरफाइनल खेलमा पाहुना टोली बंगलादेशको कावरान प्रगति संघलाई ३–१ गोल अन्तरले हराउँदै विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्वार्टरफाइनल प्रवेश गरेको छ।

अब एपीएफले सेमीफाइनल प्रवेशका लागि डिफेन्डिङ च्याम्पियन झापा–११ को सामना गर्नेछ।