पाचँ नम्बर प्रदेश मानवको अधिकार विपरित :जिल्ला सभापती मुस्कान - Himal Post Himal Post
  • १२ चैत्र २०८१, बुधबार
  •      Wed Mar 26 2025
Logo

पाचँ नम्बर प्रदेश मानवको अधिकार विपरित :जिल्ला सभापती मुस्कान



घनश्याम पौडेल ‘परिश्रमी’
अर्घाखाँची, २५ मंसिर
विश्व मानव अधिकार दिवस अर्घाखाँचीमा मनाईएको छ । नेपाल ट्रेड युनियन कांग्रेस अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा मनाईएको हो ।

5
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानकको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथी मुस्कानले राज्यको प्रमुख काम मानव अधिकार प्रधान गर्नु भएतापनी अहिले सरकारले पाचँ नम्बर प्रदेश मानवको अधिकार विपरित संसदमा दर्ता गरेकोले मानवको अधिकारका लागी अर्घाखाँची बन्दको आव्हान गरिएको बताउनुभयो ।

मुस्कानले बन्दमा अशक्त, वृद्धवृद्धा, विरामी लाई कुनै दुख नदिईकन आफनो गन्तव्य सम्म सजिलैसँग पु¥याउन बन्दकर्तालाई आग्रह गर्नुभयो । मानव अधिकार दिवस मनाएतापनी मानव अधिकारको रक्षा हुन नसकेको मुस्कानले बताउनुभयो ।

4

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापती कमल भुसालले पनी बुद्धजन्मेको क्षेत्र अखण्ड लुम्वनीलाई सरकारले विखण्ड गराएर अशान्ती ल्याउन खोजेकोले बन्दको क्रममा केही सर्वसाधारणलाई दुख भएतापनी पनी मानवको अधिकारकाा लागी अर्घाखाँची सँगसँगै पहाडी जिल्ला बन्द गरिएको बताउनुभयो  ।

3

नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादवप्रसाद घिमिरेले विश्व मानवअधिकार दिवस बाच्न सकोस भन्ने उद्देश्यले मानवअधिकार दिवस मनाईने बताउनुभयो । बहृकुमारी ईश्वरीय विद्यालयका शिक्षक कृतीले मानवका भाौतीक अधिकारमा जोड दिनुपर्ने भन्दै सवैको घरमा सुख, शान्ती, सुव्यवस्था कायम हुदै सुख छाउन सकोस भन्दै मानवअधिकार दिवसको शुभकामना दिनुभएको थियो । देशमा अशान्तीको कारणले मानिस मरिरहेको समेत बताउनुभएको थियो ।

2

कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेस अर्घाखाँचीका अध्यक्ष नन्दराम भट्टराईको सभापतीत्व, क्षेत्रिय प्रतिनिधी राधाराम आचार्यको स्वागत र शारदा भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

68