म्युजिक नेपालको दादागिरी : गीत चोर्दै युट्युब च्यानलमा हाल्दै - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

म्युजिक नेपालको दादागिरी : गीत चोर्दै युट्युब च्यानलमा हाल्दै



काठमाडौं -गीतकार सावित्रा चिलुवालले आफ्नो  ‘फूल झैं’ गीत म्युजिक नेपालले चोरेर युट्युब च्यानलमा राखेकाे भन्दै प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएकी हुन् ।

उक्त गीत चिलुवालले आफै निर्माण गर्न लागेको चलचित्र ‘मखमली मखमली’ को शीर्ष गीत हो ।

छायांकनको अन्तिम चरणमा रहेको चलचित्रको शीर्ष गीत चिलुवालको शब्द, संगीत र प्रमोद खरेलको स्वरमा रेकर्ड भएको थियो ।

तर प्रियसी म्युजिकमा एरेन्ज र रेकर्ड गरेको उक्त गीत सुनिल धितालको संगीत भन्दै म्युजिक नेपालले म्युजिक भिडियो बनाई आफ्नो युट्युब च्यानलमा राखेको छ ।

गीतकार तथा संगीतकार चिलुवालले चलचित्रमा राख्ने तयारी भइरहेको गीत म्युजिक नेपालले युट्युब च्यानलमा राखेर अनधिकृत रूपमा प्रयोग गरेको भन्दै क्षतिपूर्ति माग गरेकी छन् ।

प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले गीत चोरीको विषयमा आवश्यक अनुसन्धान र कारवाहीको लागि महानगरीय प्रहरी परिसरलाई आग्रह गरेको छ ।

चिलुवालले आफ्नो चलचित्रको शीर्ष गीतको तयारी भइरहेको गीत चोरी गरेर युट्युबमा राखेपछि चलचित्र नै पुनः छायांकन गर्नुपर्ने अवस्था आएको बताइन् ।