मुसर्रफलाई मृत्युदण्ड दिने फैसलाको बिरोधमा पाकिस्तानी सेना - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

मुसर्रफलाई मृत्युदण्ड दिने फैसलाको बिरोधमा पाकिस्तानी सेना



बीबीसी- पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड दिने त्यहाँको एउटा अदालतको निर्णयप्रति पाकिस्तानी सेनाले गम्भीर आपत्ति जनाएको छ ।

पाकिस्तानी सेनाका पूर्वप्रमुख समेत रहेका मुसर्रफले ४० वर्ष देशको सेवा गरेको र उनीविरुद्धको फैसलाले संविधानको उपेक्षा गरेको सेनाको टिप्पणी छ ।

सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले भनेका छन्, ‘जुन व्यक्तिले देशको रक्षाको लडाइँ लड्यो त्यो कहिल्यै देशद्रोही हुन सक्दैन ।

अदालतमा आफ्नो बचाउन गर्ने अवसर पनि दिइएन जुनकि आधारभूत अधिकार हो । ठोस सुनुवाई नगरेरै हतारमा फैसला सुनाइयो ।’

इस्लामाबादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मंगलबार मुसर्रफलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो ।

सैनिक प्रवक्ता गफूरले विज्ञप्ति जारी गर्दै भनेका छन्, जनरल परवेज मुशर्रफविरुद्ध अदालतको फैसलाले सेनालाई धक्का लागेको छ ।

पाकिस्तानको इतिहासमा कुनै पनि पूर्वसेना प्रमुखलाई देशद्रोहमा दोषी ठहर्या इएको यो नै पहिलो घटना हो ।

मुसर्रफ अहिले यएईको दुबईमा छन् । त्यहाँ उनको उपचार भइरहेको छ । उनको समूह भने फैसलाविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरिरहेको छ ।