पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय
एजेन्सी । पाकिस्तानकै इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपतिलाई मृत्युदण्ड सुनाइएको छ ।
पाकिस्तानको तीन सदस्यीय विशेष अदालतले देशको इतिहासमा पहिलो पटक पूर्व राष्ट्रपतिलाई मृत्युदण्ड सुनाएको हो ।
मङ्गलबार इस्लामावादस्थित विशेष अदालतले मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो ।