मुशर्रफको सजायबारे इमरान खान लचिलो बन्दै, बोलाए आकस्मिक बैठक - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुशर्रफको सजायबारे इमरान खान लचिलो बन्दै, बोलाए आकस्मिक बैठक



एजेन्सी- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूर्व सैन्यप्रमुख तथा पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई विशेष अदालतले फाँसीको सजाय सुनाएपछि यसबारे चर्चा गर्न बुधबार आकस्मिक बैठक बोलाएका छन्।

पाकिस्तानी विशेष अदालतको फैसलामा पाकिस्तानको शक्तिशाली सेना असन्तुष्ट रहेको बताइन्छ ।

बैठकमा खानले पार्टीका बरिष्ठ नेतासँग छलफल गर्ने बताइएको छ । सत्तारुढ पार्टी पाकिस्तान तहरिक ए इन्साफले खानले सजायबारे पार्टीका वरिष्ठ नेतासँग छलफल गर्ने जनाएको छ ।

यसअघि खानले देशद्रोहको मुद्दा लागेका मुशर्रफको सजायको समर्थन गरेका थिए ।

पेशावरको उच्च न्यायालयका मुख्य न्यायाधीश बकार अहमद सेठको अध्यक्षता भएको तीन सदस्यीय पीठले ७६ वर्षीय बिरामी पूर्वसेना प्रमुखलाई दोषी घोषणा गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएपछि पाकिस्तानी सेनाले असन्तुष्टि जनाउँदै यो फैसलाले सैन्यबललाई दर्द पीडा दिएको प्रतिक्रिया दिएको बताइएको छ । यसबेला मुशर्रफ दुबईमा रहेका छन् । –