चर्चित गायिका मुना थापा मगरको स्वरमा “देउरालीमा बरको छायाले” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

चर्चित गायिका मुना थापा मगरको स्वरमा “देउरालीमा बरको छायाले” बजारमा (भिडियो सहित)



 समीर प्रकाश पाण्डे

बहुचर्चित लोकप्रिय गायिका मुना थापा मगरक‍ो स्वरमा रहेका चर्चित गीतहरू आउने क्रम जारी छ यसैक्रममा अर्घादरबार फिल्मस प्रा लीले “देउरालीमा बरको छायाले” बोलको लोक दोहोरी गीत सार्वजनिक गरेको छ ।

रन्जिता घर्ति मगर द्धारा रचित “देउरालीमा बरको छायाले” बोलको गीतमा सङ्गीत विश्वास नेपालले गरेका छन् भने एरेन्ज पनि विश्वास कै रहेको छ यस्तै स्वरमा मुना थापा लाई ललित थापा मगर र रन्जिता घर्ति मगरले साथ दिएका छन् ।

उक्त गीतको भिडियो करन चैसिरको छायाकनमा विश्वास नेपालले निर्देशन गरेका छन् भिडियोमा मोडेल शीतल केसी / अपेक्षा बस्याल / र जीवन / रितु बाल कलाकारको बेजोड अभिनय रहेको छ ।गीत रन्जिता घर्ति मगर को पहिलो कोसेली को रूपमा बजारमा आएको हो ।