मुम्बईमा नेपालीद्वारा नेपालीको टाउको काटी हत्या ! - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

मुम्बईमा नेपालीद्वारा नेपालीको टाउको काटी हत्या !



हरि महर ,मुम्बई /चैत्र ४ 

महाराष्ट्रको  बदालापुरमा मंगलबार राती यज्ञ बहादुर पोखरेल आफ्नै कोठामै बोलाएर दैलेख सात्खम्मका २६ बर्षीय  जगत शाहीलाई टाउको काटेर प्लास्टिकमा प्याक गरि बाहिर फालेका छन् ।

हत्यारा पोख्रेल  दैलेख दुल्लु नगरपालिका रिजु पोखराका रहेको बताईएको छ । हत्या गरेर फरार  पोखरेललाई भुसावल देखि पुलिसले पक्राउ गरेको छ।

हत्यारा यज्ञ बहादुर पोखरेल

हत्यारा यज्ञ बहादुर पोख्रेल

पुलिसले अहिले प्रसासनिक कारबाही गरि रहेकोले कुनै पनि नेपाली सङ्ग हत्याराको कुराकानी गर्न प्रतिबन्ध गरिएको  छ।

नजिकका नेपाली साथीहरूका अनुसार महिलाको कारण यो घटना घटेको संका  गरेका छन।वास्तविक  रिपोर्ट  भने अझै आउँन बाकी छ।