मुम्बईको हारको सिलसिला कायमै, बैंग्लौरको तेस्रो जीत - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

मुम्बईको हारको सिलसिला कायमै, बैंग्लौरको तेस्रो जीत



हार्दिक पाण्डेयाको अलराउन्ड प्रदर्शको बाबजुद मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लौर विरुद्धको खेलमा १४ रनको हारको सामना गरेको छ । आठौँ खेलमा यो मुम्बईको यो छैंठौं हार हो भने आठ खेल नै खेलेको बैंग्लौरको यो तेस्रो जित हो ।

१६८ रनको लक्ष्य पक्षाएको मुम्बईले २० ओभरमा सात विकेट गुमाएर मात्र १५३ रन बनाउन सक्यो । मुम्बईको तर्फबाट पाण्डेयाले सर्वाधिक ५० रन बनाए भने जेपी डुमिनी र कर्नाल पाण्डेयाले पनि समा २३ रनको योगदान दिए ।

बैंग्लौरको जितमा टिम साउदी, उमेश यादव र मोहमद सारिजले समान दुई विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लौरले २० ओभरमा सात विकेट गुमाएर १६७ रन बनायो ।

बैंग्लौरको तर्फबाट मनन बोहराले ३१ बलमा सर्वाधिक ४५ रन बनाए भने ब्रेन्डन म्याकुलमले २५ बलमा ३७ रन, कप्तान विराट कोहलीले २५ बलमा ३२ रन तथा कोलिन डी ग्रान्डहोमले १० बलमा २३ रनको योगदान दिए । बैंग्लौरलाई मध्यम स्कोरमा रोक्ने क्रममा हार्दिक पाण्डेयाले तीन ओभरमा २८ रन खर्चिएर तीन विकेट लिए ।