मुल्यबृद्धिको बिरोध गर्दै नेपाल बिद्यार्थी संघ लमजुङ सडकमा - Himal Post Himal Post
  • १२ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 28 2026
Logo

मुल्यबृद्धिको बिरोध गर्दै नेपाल बिद्यार्थी संघ लमजुङ सडकमा



बेसीशहर । पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य सामाग्रीमा पटक पटक गरीएको मुल्यबृद्धिको बिरोध गर्दै नेपाल बिद्यार्थी संघ लमजुङ सडकमा उत्रिएको छ ।

बेसीशहरको पुरानोबैंकचोकबाट नाराबाजी गर्दै बिद्यार्थीहरुले शेराबजारमा पुगेर कोणसभामा परिणत गरेका थिए । पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा नेबिसंघले राष्ट्रब्यापी रुपमानै थालेको अभियान स्वरुप नेबिसंघले पनि लमजुङमा जुलुस निकालेको हो ।

सरकार बिरुद्ध आक्रामक नारा लगाउँदै बेसीशहरमा प्रर्दशन गरेका बिद्यार्थीहरुले मुल्यबृद्धि फिर्ता गर्नुको साथै प्रधानमन्त्री केपी ओली सरकारको राजनीनामा समेत मागेका थिए ।

शेरास्थित कोणसभालाई सम्बोधन गर्दै नेबिसंघका जिल्लाअध्यक्ष शिब नरालले पाँचपटकसम्म भएको पेट्रोलियम पदार्थको मुल्यबृद्धिले जनतालाई आहत पारेको भन्दै नागरिकको हितको बिषयमा संबेदनशील भएर लाग्न सरकारलाई आग्रह गरेका थिए ।

नेबिसंघका लमजुङका पूर्व सचिब दीपक अधिकारीले सरकारले जनता सामु गरेका बाचा र आश्वासन भुलेर गरेको जनहित बिपरीतको निर्णय नेपाल बिद्यार्थी संघलाई स्वीकार्य नहुने बताए ।

‘आयल निगमको भ्रष्टचारमा आँखा चिम्लिएर जनताको ढाड सेक्नेगरी घोषणा गरीएको पेट्रोलियम पदार्थको मुल्यबृद्धिले कम्युनिष्ट सरकारको नियत झल्काएको छ, अधिकारीले भने, ‘सरकारको जनहित बिपरीतको काममा नेबिसंघ संधै खवरदारी गरीरहन्छ ।’
जुलुसमा नेबिसंघका जिल्ला सदस्य सुवास अधिकारी, भक्तिआर्दश क्याम्पसका स्वबियु सभापति शुशील रेग्मी, मस्र्याङ्दी क्याम्पसका सभापति सन्दीप गुरुङ जनबिकास माबिका सभापति सुनिल बसौला सहितका बिद्यार्थीहरु सहभागि थिए ।

नेबिसंघले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो ।