मुलरको ह्याट्रिक, उपाधिमा ह्याट्रिक गर्ने लाइनमा बार्यन म्युनिख - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मुलरको ह्याट्रिक, उपाधिमा ह्याट्रिक गर्ने लाइनमा बार्यन म्युनिख



थोमस मुलरको ह्याट्रिकको मद्दतमा बार्यन म्युनिख जर्मन कप फुटबलको फाइनलमा पुगेको छ । बर्लिनमा मंगलबार राति भएको सेमिफाइनलमा बायर लेवरबुजनलाई ६–२ ले हराउँदै बार्यन म्युनिखले फाइनलमा स्थान पक्का गरेको हो ।

बार्यनको जितमा मुलरले ह्याट्रिक गरे भने रोबर्ट लेवान्डोस्कीले दुई तथा थिएगो एल्कानताराले एक गोल गरे । बायर लेवरकुजनका लागि बेनडर र बाइलीले एक एक गोल गरे ।

लेवान्डोस्कीले ३ र ९ औँ मिनेटमा गोल गरे । यस्तै लेवरकुजनका बेनडरले १६ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा बार्यनले २–१ को अग्रता लियो । दोस्रो हाफमा बार्यनले चार तथा लेवरकुजनले एक गोल गरे ।

मुलरले ५२, ६४ र ७८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसअघि एल्कानताराले ६१ औँ मिनेटमा गोल गरेका थिए । यस्तै लेवरकुजनका बाइलीले ७२ औँ मिनेटमा गोल गरेकाले बार्यन म्युनिख ६–२ ले विजयी भयो ।

बार्यन यो सिजन उपाधिमा ह्याट्रिक गर्ने सम्भावनासहित अघि बढेको छ । लगातार छैटौँ सिजन बुण्डेस लिगाको उपाधि पक्का गरेको बार्यनले च्याम्पियन्स लिगको सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिडसँग खेल्दैछ ।