मुक्तिनाथमा पुजारीले यसो भनेपछि मोदीले आँशु झारे - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

मुक्तिनाथमा पुजारीले यसो भनेपछि मोदीले आँशु झारे



काठमाडौं – मुक्तिनाथमा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफू युवा अवस्थामा नै मुक्तिनाथ आएको खुलासा गरे, आजको नेपाल समाचारपत्रमा खबर छ ।

मन्दिरको मूर्तिभन्दा तल रहेको ‘गर्भगृह’का बारेमा पुजारी कृष्णप्रसाद सुवेदीले वर्णन गर्ने बेला मोदीले उल्टै पुजारीलाई आफू त्यहाँ आउँदा देखेको कुरा वर्णन गरिदिएका हुन् ।

मोदीले पूजा पछि आशिर्वाद लिने क्रममा आँशु समेत झारेको खुलासा पुजारी सुवेदीले गरेका छन् ।

पुजारीले आफ्ना मनोकांक्षाहरु भए भगवानसँग माग्नुस् भन्दा मोदीले आँशु झारेका थिए ।