दुई मुक्तक - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

दुई मुक्तक




बिहे गर्यो अनि घरबार बनायो
दिलमा राख्यो आफ्नो हकदार बनायो
तिमी नै हौ,प्रिय मान्छे भन्दै उसले
सम्बन्ध टुटायो अनि यादगार बनायो


दिलले पनि एकोहोरो तिर न राखेको भए
सधैँ एकैनास को पिर न राखेको भए
यति गाह्रो हुँदैन थियो होला उसलाई भुल्न
सम्झानामा उसको तस्बिर न राखेको भए

बिनु ढुङ्गाना / कैलाली ।