दुई मुक्तक - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

दुई मुक्तक




बिहे गर्यो अनि घरबार बनायो
दिलमा राख्यो आफ्नो हकदार बनायो
तिमी नै हौ,प्रिय मान्छे भन्दै उसले
सम्बन्ध टुटायो अनि यादगार बनायो


दिलले पनि एकोहोरो तिर न राखेको भए
सधैँ एकैनास को पिर न राखेको भए
यति गाह्रो हुँदैन थियो होला उसलाई भुल्न
सम्झानामा उसको तस्बिर न राखेको भए

बिनु ढुङ्गाना / कैलाली ।