मुख्यमन्त्री पोख्रेलको मनपरी: सरकारी वेबसाइटको बिजोग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मुख्यमन्त्री पोख्रेलको मनपरी: सरकारी वेबसाइटको बिजोग



काठमाडौं : पाँच नम्बर प्रदेशका मुख्यमन्त्री सुरुदेखि नै विवादित बन्दै आइरहेका छन् । कहिले राजधानी सार्ने अभिव्यक्ति दिएर त कहिले विदेशीहरूसँग कुरा गर्न नजानेर तर यो पालि भने उनी नराम्रोसँग चिप्लिएका छन् सरकारी वेबसाइटको बिजोग बनाएर ।

हालै मुख्यमन्त्रीले सार्वजनिक गरेको वेबसाइटको ठेगाना यस्तो छ:- www.pradesh-5.com यो सरासर मनपरी नभएर के हो ? नेपाल सरकारको लोगो राखेर प्रदेश पाँचको आधिकारिक भनेर सार्वजनिक गरिएको यो वेबसाइटमा नाम देखि सबै कुरामा सरकारको मापदण्ड पुरा भएको छैन ।

एक्काइसौँ शताब्दीको एउटा मुख्यमन्त्रीलाई वेबसाइटको वर्ग, इमेलको वर्ग थाहा हुँदैन भने यो भन्दा भद्दा मजाक के हुन सक्छ ?

त्यो भन्दा पनि ठुलो कुरा र सरकारी वेबसाइट व्यापारीले बनाउने वर्गमा बनाईदैन, सरकारको वर्ग नै फरक हुन्छ । पोखरेलले .gov.np मा बनाउनुपर्ने वेबसाइट .com मा बनाएर जग हँसाएका छन् । यसरी बनाइने साइटमा सरकारी डाटा र सूचना सुरक्षित नहुने जानकारहरूले बताउने गरेका छन् ।

सरकारी वेबसाइट प्राय सरकारले कुनै कम्पनीसँग बनाएर स्थानीय निकायलाई दिने गर्दछ । गाउँपालिका र नगरपालिकाका सबै वेबसाइट सरकारले नै बनाएर हस्तान्तरण गरेको हो । यसले गर्दा दाटा चोरिने र ह्याक हुने समस्या हुँदैन ।

‘प्रदेशका सबै खाले सूचना र सामाग्री राख्नुपर्ने महत्त्वपूर्ण साइटनै व्यक्तिगत रूपमा यसरी बनाउन थाल्ने हो भने गोपनियता भङ्ग हुने र ह्याक हुन सक्ने सम्भावना धेरै हुन्छ’ एक वेबसाइट निर्माताले हामीसँग भने ।

हालै मुख्यमन्त्रीले सार्वजनिक गरेको वेबसाइटको ठेगाना यस्तो छ:- www.pradesh-5.com यो सरासर मनपरी नभएर के हो ?

कि त मुख्यमन्त्रीलाई थाहा नै छैन वेबसाइट के हो भन्ने, या त आफन्त वा कुनै व्यापारीको प्रलोभनमा परेर यस्तो गरे । यहाँबाट प्रस्ट हुन्छ कि मुख्यमन्त्री कति पानीमा छन् भनेर । हिँजोसम्म राज्यको केन्द्रीय राजनीतिमा खाल खेलेका राजनीतिक खेलाडी हुन् उनी, उनैलाई सरकारी वेबसाइट कस्तो हुन्छ भन्ने थाहा छैन भने यो भन्दा उदेकलाग्दो कुरा के हुन सक्छ ?

ज्ञान छैन भने भएकाहरुसंग परामर्श गर्नुपर्यो मुख्यमन्त्रीले हैन भने यो बिजोग बनाएर जग किन हँसाउनु ?