मुख्यमन्त्री राउतले भने - घुस खुवाउनु बाध्यता हो - Himal Post Himal Post
  • १० बैशाख २०८१, सोमबार
  •      Mon Apr 22 2024
Logo

मुख्यमन्त्री राउतले भने – घुस खुवाउनु बाध्यता हो



काठमाडौं -मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हुँदै गएको टिप्पणी गरेका छन् । उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरधाममा सम्पन्न ‘प्रशासकीय न्याय, साकारात्मक सोच र सेवा’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो टिप्पणी गरेका हुन् ।

झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि सेवाग्राही घुस दिएर काम गराउन बाध्य हुने गरेको उनले बताए । त्यसैले सेवा प्रवाहको प्रक्रियालाई जनमुखी र व्यवहारिक बनाउनु पर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री राउतले भ्रष्टाचारको अन्त्यको शुरुवात माथिल्लो तहबाट हुनेपर्ने बताउँदै भने, ‘भ्रष्टाचार अन्त्यको शुरुवात आफैंबाट गर्नुपर्छ त्यो पनि माथिल्लो निकायबाट । अनि मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ ।’

नियम र कानून बनाएर भ्रष्टाचार अन्त्य गर्न नसकिने दाबी गर्दै उनले यसका लागि आफ्नै छातीमा हाथ राखेर अघि बढनु पर्ने बताए ।

नियम कानुन मिचेर गरिएको कर्मचारी समायोजनले प्रदेश र स्थानीय तहमा कर्मचारीहरु अतंकित भएका उनले दाबी गरे ।