मुख्य तीन एजेन्डा छोडेर एकता हुँदैन: प्रचण्ड - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

मुख्य तीन एजेन्डा छोडेर एकता हुँदैन: प्रचण्ड



काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपमानजनक ढंगले एकता नहुने बताएका छन् ।

एकताको अन्तिम चरण भनेर हल्ला पिटिएको बेला प्रचण्डले नेकपा एमालेसँगको पार्टी एकताका लागि तीन वटा शर्त अगाडि सारेका छन् ।

जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डालाई छाडेर एमालेसँग पार्टी एकता नहुने प्रचण्डको भनाइ छ । सोमवार काठमाडौंमा माओवादी भातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)ले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै प्रचण्डले तीनवटा एजेन्डा छाडेर पार्टी एकता नहुने बताएका हुन् ।

पार्टी एकतामा भइरहेको प्रगतिबारे युवा नेताले राखेको जिज्ञासामा प्रचण्डले भने, ‘जसले जे भने पनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर हामी एमालेसँग एकता गर्दैनौं । हामी यी तीन विषयमा कम्प्रोमाइज गर्दैनौं ।’

प्रचण्डले भने: एकता अपरिहार्य छ, अपरिहार्य छ भन्दैमा अपमानजनक तरिकाले एकता हुँदैन ।