मुख्यसचिवबाट हटाइए लोकदर्शन रेग्मी,राजदूतमा सिफारिस - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

मुख्यसचिवबाट हटाइए लोकदर्शन रेग्मी,राजदूतमा सिफारिस



काठमाडौं— सरकारले लोदर्शन रेग्मीलाई अष्ट्रेलियाको राजदूतमा सिफारिस गरेको छ । रेग्मीलाई मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको अष्ट्रेलियाको राजदूत पदमा सिफारिस गरेसँगै मूख्यसचिवबाट स्वतः हट्ने भएका हुन् ।

तत्कालिन राजदूत लक्की शेर्पा मानव तस्करीमा मुछिएर सरकारले फिर्ता बोलाएपछि अष्ट्रेलियाको राजदूत पद खाली थियो । शेरबहादुर देउवा सरकारले नियुक्त गरेका मुख्यसचिव रेग्मीको कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा अ‍ोली सुरु देखि नै असन्तुष्ट थिए ।

मुख्यसचिव रेग्मीलाई हटाउन प्रधानमन्त्रीले मौका खोजीरहेका थिए । प्रधानमन्त्रीले राजदूत सिफारिस गरेर मुख्यसचिवबाट हटाएको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकको निर्णय मूख्यसचिवले प्रमाणिकरण गर्नुपर्छ तर, उनले प्रमाणिकरण गर्न नमानेको स्रोतले बतायो । मूख्यसचिवमा गृहसचिव प्रेमकुमार राईलाई पठाउने सरकारको तयारी छ ।