मुख्य सचिवले घरमा सिपाहीलाई लुगा धुवाउँछन ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मुख्य सचिवले घरमा सिपाहीलाई लुगा धुवाउँछन ?



मुख्यसचिव लोकदर्शन रेग्मीलाई राज्यले १४ सशस्त्र सुरक्षाकर्मी किन दिइरहेको छ ? जबकी मुख्यमन्त्रीले पनि यो सुबिधा पाएका छैनन् ।

मुख्यमन्त्रीले समेत नपाउने सुरक्षा घेरामा मुख्य सचिव बस्नुपर्ने र राज्यले उनलाई यति ठूलो सुरक्षामा राख्नुपर्ने कारण चाहिं प्रधानमन्त्रीले समेत सुने, तर केही सोधेनन् ? किन होला ?

यतिबेला मुख्यसचिवको घरमा सिपाहीको ताँती लागेको छ र ती सिपाहीलाई घरको कामधन्दासमेत लगाउने र लुगा धुनसमेत लगाएका खबर सुराकीले पत्ता लगाएको छ ।

र, प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शनसँग सिधै कुरा गर्न छाडेकाले उनले ओलीका सालामार्फत आफ्नो लिंक स्थापित गर्न प्रयास गरेका छन् र अब सम्बन्ध सामान्य हुने विश्वास गरेका छन् ।

तर प्रधानमन्त्री आफू अन्तर्गत शक्तिशाली मन्त्री नियुक्त गरेर मुख्यसचिवलाई पेण्डुलम बनाउने तथा अर्कै सचिवमार्फत काम गर्ने गराउन विचार गरिरहेको एक ओली सूत्रले बताएका छन् ।

प्रधानमन्त्री सशस्त्र, नेपाल प्रहरीका आइजीपी र मुख्यसचिवबारे किचेन क्याविनेटमा छलफल गर्न थालेको खबरले तरङ्ग उत्पन्न गराएको छ । न्युज अभियानको सहयोग ।