५ नम्बर प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत , अव प्रदेश समृद्धिको यात्रा मुख्य मन्त्री
अाचार्य प्रदीप / बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाएका छन् ।
प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए । उनको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता पोखरेल माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
सत्तारुढ एमाले र माओवादी केन्द्रसंगै राष्ट्रिय जनमोर्चा,फोरमले पोखरेललाई समर्थन गरे । कांग्रेसका १८ मत पोखरेललाइ परेनन् । राजपाको एक सिट रहेपनि अहिले सम्म उक्त पार्टिका सभासदले सफथ ग्रहण समेत गरेका छैन् ।
विश्वासको मत माग्ने क्रममा सम्वोधन गर्ने मुख्य मन्त्री पोखरेले तिन तहको सरकार मध्ये प्रदेश सरकार विधीबत रुपमा स्थापीत गर्ने क्रममा रहेकोले जनताले अनुभती गर्ने काम गर्ने बताए । उनले ५ नम्बर प्रदेश भौगोलिक दिष्टीकोणले आफ्नै बिषेशत रहेकोले समृद्धि बनाउनको लागि सम्भवानको रहेको बताए ।
उनले तराई ६ जिल्ला र पहाडका ६ जिल्ला रहेको ५ नम्बर प्रदेशमा समृद्धि बनाउको लागि केन्द्रीय सरकार , स्थानीय तह सगँको समन्यमा विकासका काम आगाडि बढाउने प्रतिवद्धता जनाए । प्रदेश सरकारले अल्पकालिन र दिर्धकालिन योजना सहित विकासको काम शुरु गर्ने बताए ।
उनले तराईका जिल्लाहरु उद्योगको केन्द्रको रुपमा रहेको ४ जिल्लाहरुलाई बिषेश ध्याने , सिचाईका आयोजनाहरु केन्द्रसरकारद्धरा संचालीत र नयाँ आयोजनाहरु थपेर तराईमा जिल्लाहरुमा अन्न भण्डार बनाउने , पहाडी जिल्लाहरु पर्यटन ,तथा कृषीका लागि विशेष योजनाहरु ल्याएर बिकास गर्नुपर्ने बताए ।